काठमाण्डाै – टी–२० विश्व कपमा पुग्न असफल नेपालले आज तेस्रो स्थानका लागि खेल्दैछ।
टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमान खेल्न लागेका हुन् । खेल ओमानको घरेलु मैदान अलअमिरातमा दिउँसो पौने चार बजे सुरु हुनेछ ।
नेपाल विश्व कप छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएको थियो । यस्तै ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।
यसैवर्ष अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट भएका यूएई र आयरल्यान्डले आज ग्लोबल छनोटको उपाधिका लागि खेल्दैछन् ।
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले आईसीसीको टी–२० विश्व वरीयतामा ठूलाे फड्काे मारेका छन् । कुशल भुर्तेल ६५औँ स्थानबाट ३९औँ स्थानमा उक्लिएका छन् ।
बलिङतर्फ कप्तान सन्दीप ६३औँ स्थानबाट ४३औँ स्थानमा उक्लिएका छन् । सन्दीपले दक्षिण अफ्रिका कागिसो रबाडा र अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलगायतलाई टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पछि पारेका छन् ।
टी–२० अन्तर्राष्ट्रिय वरीयतामा भने दुई स्थान तल झरेको नेपाल १५औँ स्थानमा छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्