काठमाडौं – प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । संसद् भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल गर्न पार्टीहरुलाई समय दिने निर्णय गरेको थियो ।
सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गरेर् छाड्ने पक्षमा छन् । उनको आग्रहमा बैठका भोलिसम्मका लागि स्थगित गरिएको बुझिएको छ ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ । बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाको बैठकमा संसद्मा टेबुल भएको एमसीसीको प्रस्तावमा सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्