एमसीसीमा व्याख्यात्मक घोषणा पार्टी अडानको उपलब्धि हो : अध्यक्ष नेपाल

एमसीसीमा व्याख्यात्मक घोषणा पार्टी अडानको उपलब्धि हो : अध्यक्ष नेपाल

काठमाण्डौ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफूहरूको सफलता रहेको बताउनुभएको छ ।

एमसीसी सम्झौताबारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज मङ्गलवार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न पहल नगरहेको भए एमसीसी जस्ताको तस्तै पारित हुने खतरा थियो । हामीहरूकै पहलका कारण एमसीसी जस्ताको तस्तै पारित नभएको हो ।’

व्याख्यात्मक घोषणा आफ्नो पार्टीले लिएको अडानको सफलता भएको भन्दै उहाँले अब एमसीसीबाट सम्भावित खतरा टरेको पनि बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij