बुटवल -नेपाल दलित संघको राष्ट्रिय अभियान, राज्यको सबै संरचनामा समानुपातिक समावेसीकरण भन्ने नारा सहित नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको राष्ट्रिय महाधिवेशन चैत्र ७ देखि ९ गते सम्म रुपन्देहिमा हुने भएको छ।
आज दलित संघ रुपन्देहीका अध्यक्ष बुद्धिराम हरिजन को सभापतित्वमा रुपन्देहीमा भएको दलित सघको बैठकले राष्ट्रिय महाधिवेशन सफल बनाउन १३ सदस्यीय तयारी समिति गठन गरेको छ । राष्ट्रिय महाधिवेशनका लागि दिपेन्द्र बुढाप्रितीको संयोजकत्वमा आवास व्यवस्थापन समिति ,राम किसन बिश्वकर्माको संयोजकत्वमा भोजन व्यवस्थापन समिति,सलुजा रामदामको संयोजकत्वमा अतिथी स्वागत समिति , सुन्दर गहतराजको संयोजकत्वमा मञ्च तयारी समिति गठन गरिएको छ । त्यसैगरि फुलु सुनारको संयोजकत्वमा मिडिया समिति, एक बहादुर सुनारको संयोजकत्वमा बन्दसत्र तयारी समिति,राजु रोक्काको संयोजकत्वमा प्रचार प्रसार समिति,गोपाल बिश्वकमाको संयोजकत्वमा आर्थिक संकलन समिति ,ओम प्रकास बिकको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ ।
बैठकमा कार्यक्रमका प्रमुख अतिथी नेपाली कंग्रेस केन्द्रिय सदस्य एबम नेपाल दलित संघका अध्यक्ष मिन बिश्वकर्माले तोकिएको जिम्मेवारी समयमै पूरा गर्न आवश्यक समन्वय गरी महादिवेशन सम्पन्न गर्ने काममा लाग्न सबैलाई निर्देशन दिनुभयो ।
पूर्व मन्त्री बिश्वकर्माले समग्र नेपालको लोकतान्त्रिक आन्दोलनलाई बल पुग्ने गरी मात्र नभई नेपालको सबैभन्दा ऐतिहासिक पार्टी नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाईसमेत यस महाधिवेशनले दलित समुदायबीचमा पुर्याई समग्र नेपालको दलित आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने बताउनुभयो ।
नेपाली काँग्रेस केन्द्रिय सदस्य हरि सरण नेपालीले नेपाल दलित संघको यस राष्ट्रिय महाधिवेशनले पार्टीमा नयाँ उर्जा भर्ने विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा नेपाली काँग्रेस रुपन्देही सभापती रामकृष्ण खाड, क्षेत्रिय सभापती सुशिल गुरुङ, महासमिति सदय सुन्दर गहतराज ,क्षेत्र न ५ सभापती रामेश्वर धवल, दलित संघ रुपन्देहिका सभापति बुद्धिराम हरिजन ,प्रदेश सदस्य रिता बिक,प्रदेश सदस्य रबि बिक ,जिल्ला सदस्य राम किसन बिक,राजु रोक्का ,दिपेन्द्र बुढाप्रिती,ओम प्रकास बिक,सलुजा रामदाम लगायतले महाधिबेसन यस क्षेत्रमा हुनु गौरबको कुरा भएको बताए ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्