संखुवासभा ।
संखुवासभाको मादी नगरपालिका६ मा बस दुर्घटनामा परी ज्यान गुमाउने सबै १४ जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी६ का ३० वर्षीया सीता बिक।
३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दीक्षा कटवाल, मादी ५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी५ का ५५ वर्षीय श्याम शेर्पा, मादी४ का आइतबहादुर तामाङ, मादी२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी५ का ४८ वर्षीय दीपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो। बस मादी(६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ। बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
घाइते हुनेमा मादी५ का सुवाष गोले, युवा पोख्रेल र मादी६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन्। घटनास्थलबाट पाँच जनाको जीवितै उद्धार गरिएको छ। घाइते पाँच जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि धरान लगिएको छ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्