पाल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

file photo

पाल्पापाल्पाको तानसेन नगरपालिका–५, ढुंगाखानीमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा २० वर्षीय भरत गोदारको मृत्यु भएको छ ।

 

पाल्पा–गुल्मी सडक अन्तर्गत तानसेनबाट हार्थोक जाँदै गरेका रिब्दीकोट गाउँपालिका–४, भैरवस्थान घर भएका गोदारको उपचारको क्रममा मृत्यु भएको हो ।

 

प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार दुर्घटनामा घाइते उनलाई उपचारका लागि मिसन अस्पताल लगिएको थियो । दुर्घटनाग्रस्त मोटरसाइकल र चालक सडकबाट १५ मिटर तल खसेका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij