नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को कृयाशिल भेला तथा कार्यालयको उद्घाटन सम्पन्न

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को कृयाशिल भेला तथा कार्यालयको उद्घाटन सम्पन्न

बुटवल – नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका अन्तर्गत वडा नम्बर ६ को वडा भेला तथा निर्वाचन प्रचारप्रसार कार्यालयको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो

नेपाली कांग्रेस रुपन्देहीका पार्टी सभापती एबम कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण खाण रहनुभएको थियो । प्रमुख अतिथी खाणले यसपालिको चुनावमा नेपाली कांग्रेसलाई पल्लाभारी बनाउनका लागि वडा तह बाट नै बढी जागरण गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापती हरि लम्साल , नगर सभापति खेलराज पाण्डे अतिथिहरु युबराज गिरि ,बालकुमारी भण्डारी ,जमुना ढकाल ,महत्व कक्षपती लगायत रहनुभएको थियो । स्वागत मन्तव्य योगमाया भट्टराईको रहेको कार्यक्रममा सभापतित्व वडा सभापति ताराप्रसाद ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रमका सभापती ज्ञवालीले नेपाली कांग्रेसलाई स्थानीय , संघिय निर्वाचनमा बिजय गराउनका लागि वडामा टोल कमिटी गठन गर्नुका साथै सम्पुर्ण कृयाशिल सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा कृयाशिल सदस्य लगायत नेपाली कांग्रेसप्रती आस्थावान जनसमुदायको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij