नायक पल शाहलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश

नायक पल शाहलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश

काठमाडौं ।
नावालिक गायिकासँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो ।

एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभन देखाएर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै नायक शाहविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । पीडित गायिका र आरोपित शाहले दिएको बयानका आधारमा उनीविरुद्धको कसुर पुष्टि भएको हो ।

जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेसँगै पछिल्लो समय चल्तिका नायक शाहको व्यवसायिक करिअरमा धक्का लागेको छ । उनीविरुद्ध जिल्ला नवलपुरमा पनि त्यस्तै प्रकृतिको अर्को मुद्दा परेको छ ।

शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । उनलाई पनि अदातलले जेल सजाय सुनाएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij