प्रेस चाैतारी नेपाल रूपन्देहीको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

प्रेस चाैतारी नेपाल रूपन्देहीको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेलले नेपालकाे विकासका लागि एक मात्र पाटी नेकपा एमाले भएकाे दावी गर्नुभएकाे छ । विकासकाे महत्त्वपूर्ण याेजना निर्माणमा नेकपा एमालेकै महत्त्वपूर्ण हात रहेकाे भन्दै एमालेकाे शक्तिलाई गठबन्धनले केही फरक नपार्ने बताउनुभयाे । प्रेस चाैतारी नेपाल रूपन्देहीले अायाेजना गरेकाे सम्मान कार्यक्रममा बाेल्दै नेकपा एमाले उपाध्यक्ष पाैडेलले नेकपा एमालेले जे निष्कर्ष निकाल्छ मुलुक त्यतैतर्फ जाने बताउनुभयाे । प्रमुख अतिथिसमेत रहनुभएका पाैडेलले गत निर्वाचनभन्दा अाउदाे निर्वाचनमा ६० प्रतिशत बढी जित हासिल गर्ने दावी समेत गर्नुभयाे । कार्यक्रममा प्रेस चौतारीको केन्द्रीय सचिवमा निर्वाचित प्रदिप आचार्य , केन्द्रीय सदस्यहरु अमृत गिरी , मिलन गाहा , अमृता अनमोल , नवराज कुँवर , युवराज पाण्डे , साबी रसाइली र दीपु पोखरेललाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । यस्तै लुम्बिनी प्रदेशकाे महासचिवमा निर्वाचित निरु गौतम , गोविन्द घर्ती , सत्यनारायण मानन्धर , शान्ती बिक , माधव न्यौपाने , शसी पन्थी , कृष्ण खनाल , मनिष पन्थ र मोहन ठाकुरलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा पहिलाे बैठकबाट मनाेनित दिनेश घिमिरे र सुजिता श्रेष्ठलाई साथै देवीराम ( डि अार ) बन्जाडे र हिरालाल बस्याललाई समेत स्वागत तथा सम्मान गरिएकाे थियाे । कार्यक्रममा बोल्दै प्रेस चौतारी केन्द्रीय सचिव प्रदिप आचार्यले सशक्त र निष्पक्ष भएर कलम चलाउन आग्रह गर्नुभयाे । प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भगवती पाण्डेकाे स्वागत र सञ्चालन सचिव केशव भण्डारीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : बुधबार, चैत्र १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij