स्थानीय तह चुनावका लागि मतपत्रको परीक्षण छपाइ सुरु

स्थानीय तह चुनावका लागि मतपत्रको परीक्षण छपाइ सुरु

काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ ।

मतपत्र छपाइ हुँदा मापदण्डअनुसारकाे चुनाव चिह्न छपाइ भयो कि भएन भनी यकिन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोथिमिमा रहेकाे जनक शिक्षा सामग्री केन्द्र लिमिटेड गइ मतपत्र मुद्रण मेशिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिनुभयो । मतपत्र छपाइ भन्दा अघि मेशिनको परीक्षण गरिएको छ ।

आउँदाे स्थानीय तह चुनावका लागि झन्डै दुई करोडको सङ्ख्यामा मतपत्र छपाइको तयारी छ । विगतमा मतदाता सङ्ख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ । कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ ।

काठमाण्डाै उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ । नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij