तिलोत्तमा- तिलोत्तमा नगरपालिका वडा नं.२मा शुक्रबार नेकपा एमालेकाे प्रचारप्रसार तथा जनसम्पर्क कार्यालयकाे उद्घाटन गरिएकाे छ । नेकपा एमाले तिलाेत्तमा नगरपालिका वडा नम्बर २ शाखा कमिटीको अायाेजनामा साे प्रचारप्रसार तथा जनसम्पर्क कार्यालयकाे उद्घाटन गरिएकाे हाे । एक कार्यक्रमका बिच नेकपा एमाले पाेलिटव्यूराे सदस्य लुम्बिनी प्रदेश सह -इन्चार्ज तथा पूर्व मन्त्री लीला गिरीले साे कार्यालयकाे उद्घाटन गर्नुभएको हाे ।
भुवन अाचार्यकाे अध्यक्षता रहेकाे कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई , नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाईं , नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेकाे उपस्थिति रहेकाे थियाे ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले रुपन्देही जिल्ला कमिटी उपाध्यक्ष तथा तिलोत्तमा नगरपालिका उप-प्रमुख जागेश्वरी देवी चौधरी , नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सचीव यज्ञ गैरे , लगाएत नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम ईश्वर न्यौपानेले सञ्चालन गर्नुभएको थियाे । अाउँदाे स्थानीय तहकाे चुनावलाई मध्यनजर गरी नेकपा एमालेले तिलाेत्तमा नगरपालिकाका विभिन्न वडाहरूमा प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय धमाधम खाेलिरहेकाे छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्