देउवा र मोदीबीच पञ्चेश्वर, हवाई रूट र सीमासम्बन्धी विषयमा छलफल

देउवा र मोदीबीच पञ्चेश्वर, हवाई रूट र सीमासम्बन्धी विषयमा छलफल

काठमाण्डौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पञ्चेश्वर परियोजनालाई तीव्र रूपमा अघि बढाउने विषयमा छलफल भएको छ।

तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबी शनिबार हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका अरू विविध विषयमा पनि छलफल भएको थियो। प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुबै प्रधानमन्त्रीले संक्युत रूपमा प्रेसलाई सम्बोधन गरेका थिए।

उक्त सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल(भारत जस्तो सम्बन्ध विश्वमा अरू कुनै मुलुकमा देख्न नपाइने बताएका थिए। प्राचीनकालदेखि दुई देश एक(अर्काका सुख दुस्खका साथी रहेको मोदीको भनाइ छ।

उनले भने, देउवाजी र मेराबीच यी सब र थुप्रै महत्वपूर्ण विषयमा सार्थक वार्ता भएको छ। विभिन्न परियोजनाको प्रगतिको समीक्षा गरेका छौं। भविष्यको सम्बन्धको रूपरेखाबारे पनि विचारविमर्श गरेका छौं।ु

भ्गचय
मोदीले दुबै प्रधानमन्त्री ऊर्जा क्षेत्रमा सहयोगको अवसरको पूरा लाभ उठाउनु पर्छ भन्नेमा सहमत भएको र जोइन्ट भिजन स्टेटमेन्ट अन पावर कोअपरेसन भविष्यमा सहयोगको ब्लुप्रिन्ट बन्ने बताए।

मोदीले पञ्चेश्वर परियोजना यो क्षेत्रको विकासमा गेम चेन्जर बन्ने बताए। पञ्चेश्वर परियोजनामा हामीले तीव्र गतिमा अघि बढ्ने प्रक्रियामा जोड दिएका छौं। यो परियोजना यो क्षेत्रको विकासको लागि गेम चेन्जर बन्नेछ, मोदीले भने।

उनले भारतका अरू कम्पनीबाट नेपालको जलविद्युतमा अरू साझेदारी गर्नेमा समझदारी भएको बताए।

ुयो खुसीको विषय हो कि नेपाल आफ्नो बढी भएको बिजुली भारतलाई निर्यात गरिरहेको छ। बिजुली आयात गर्ने अरू प्रस्ताव पनि स्वीकृत हुन गइरहेका छन्,ु मोदीले भने।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भारतले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपाललाई नयाँ हवाई रूट दिने विषयमा पनि छलफल गरेको बताए।

हामीले सीमासम्बन्धी विषयमा पनि कुरा गर्‍यौं र मैले प्रधानमन्त्री मोदीलाई स्थापित संयन्त्रमार्फत् सीमा समस्या समाधान गर्न आग्रह गरें, प्रधानमन्त्री देउवाले भने।

सम्बोधनअघि देउवा र मोदीले जयनगर(जनकपुर रेल, सोलु ट्रान्समिसन लाइन र नेपालमा भारतीय कार्ड ुरूपेु सञ्चालनको उद्घाटन गरेका थिए।

प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij