JanataToday.com

Advertisment

SKIP THIS

१६औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल को उपाधी वडा नं १७ लाई

१६औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल को उपाधी वडा नं १७ लाई

बुटवल – बुटवलमा सोमबार सम्पन्न १६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधि वडा नं १७ ले हात पारेको छ। फाईनल खेलमा वडा नं ८ लाई २-० गोल अन्तरले पराजित गर्दै वडा नं १७ ले उपाधि हात पारेको हो ।

उपाधिसंगै उसले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता वडा नं ८ नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको फाईनलमा जितका लागि वडा नं १७ का आशिष गुरुङले खेलको ८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
वडा नं १७ का सुसन थापाले खेलको ६१ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी वडा नं १७ का आशिष गुरुङ घोषित भए । यसैगरि वडा नं ४ का निरज थापा वेष्ट डिफेन्डर, वडा नं ७ का मोहन थापा हाई स्कोरर, वडा नं १७ शिशिर कार्कि वेष्ट किपर र वडा नं १७ का बुद्घ गुरुङ बेष्ट कोचबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवि आचार्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, स्थाई कमिटि सदस्य केशव रोक्का, नेकपा एमाले प्रदेश सचिवालय सदस्य पुरन गुरुङ, जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डे, जिल्ला सदस्य राजेन्द्र ढकाल, नहकुल शाही, मनोज गौचन, कल्पना थापा, सुरज खरेल, नेकपा एमाले नगर अध्यक्ष किशन ज्ञवाली, राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाका अध्यक्ष सुदर्शन खाम्चा, उपाध्यक्षले विजेता टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

प्रकाशित मिति : सोमबार, चैत्र २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij