काठमाण्डौ ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला ले शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
गैरसांसद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीवार बिहान कानुन मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको थियो । गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।नेकपा एमाले विभाजनपछि अधिवक्ता समेत रहनुभएका शर्मा नेकपा एकीकृत समाजवादी पार्टी निकट हुनुहुन्छ । अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न उहाँको भूमिका रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्