काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको चुनावका लागि मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्रमा दैनिक चार लाख थानका दरले मतपत्र छपाइको काम भइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । सुरुमा उच्च हिमाली र हिमाली जिल्लाका लागि मतपत्र छपाइकाे काम भइरहेको र क्रमशः पहाडी, तराई र सुगम जिल्लाका मतपत्र छापिने उहाँले जानकारी दिनुभयो ।
आयोगले स्थानीय तह चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छापिने जनाएको छ । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नुपरेको आयोगको भनाइ छ ।
यस्तै कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुँदा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाण्डाैकाे हुनेछ
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्