सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छः कमल थापा

सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छः कमल थापा

काठमाण्डौ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो पालिका चुनावमा नेकपा एमालेकै चुनाव चिह्न लिएर सहभागी हुन इच्छुक रहेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौमा आयोजित पालिका चुनावको घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘पालिका चुनावमा नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ । नेकपा एमालेका केन्द्रीय तहका नेताहरूसँग हामी छिट्टै नै दुई पक्षीय कुराकानी गरेर निष्कर्षमा पुर्‍याउने छौँ । नेकपा एमालेसँग सहकार्य र तालमेल गरेर जाने भएको हुँदा सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सक्ने सम्भावनाका बारेमा जानकारी गराउन चाहन्छु । यो निर्णय होइन, पार्टीको धारणा हो ।’ अध्यक्ष थापाले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेबारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij