गठबन्धन गर्न गृहकार्यमा छौ:कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन

गठबन्धन गर्न गृहकार्यमा छौ:कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन

अर्घाखाँची ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा कांग्रेससहित ५ दलीय गठबन्धन गरेर चुनाव लड्ने बताएका छन् । उनले केही जिल्ला र स्थानीय तहमा भने आवश्यक्ताअनुसार कांग्रेसले गठबन्धन गर्ने बताए ।

उनले कुन जिल्ला र तहमा आवश्यक्ता छ भन्ने कुरा खुलाएनन् । ‘केपी ओली नेतृत्व सरकारले जनताको पक्षमा काम गरेन,’ प्रेस युनियनले आइतबार सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा पुनले भने, ‘अब कांग्रेस पार्टी बैठकले स्थानीय तहमा कुनै ठाउँमा आवश्यक हुन्छ, त्यही स्थानीय तहमा गठबन्धन गरेर जान्छौं ।’ पुनले केही समय अघि काठमाडौंमा भएको कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनको विपक्षमा आफ्नो धारणा राखेका थिए । ‘मैले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धन नगरी कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने मत राखेको थिएँ,’ उनले भने, ‘पार्टी बैठकले नै स्थानीय तहमा आवश्यक्ताअनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । लुम्बिनीका १२ जिल्लामा सोहीअनुसार गठबन्धन गर्न गृहकार्य भइरहेको छ ।’

केपी ओलीले संसद् विघटन गरेर लोकतन्त्रलाई कमजोर पार्ने खोलमा लागेको आरोप लगाए । सभापति पुन गठबन्धनका लागि अर्घाखाँची कांग्रेस नेताहरुसँग छलफल गरिरहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा ६ स्थानीय तहमध्ये ४ पालिकामा कांग्रेस–माओवादी गठबन्धन भएको थियो । त्यसमध्ये ३ तहमा गठबन्धन उम्मेदवार विजयी भएका थिए ।

छत्रदेव र पाणिनी गाउँपालिकामा कांग्रेस एक्लै लडेर जितेको थियो । कांग्रेस–माओवादी गठबन्धनबाट भूमिकास्थान नगरपालिका प्रमुखमा जितेका रेमश थापा माओवादी छाडेर अहिले एमालेमा लागेका छन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छन् । अर्घाखाँची कांग्रेस सभापति केशव श्रेष्ठको संयोजकमा फागुन २९ गते नै ५ दलीय संयन्त्र गठन भएर पालिकास्तरमा संयुक्त बैठक बसेर कार्यक्रम सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : आइतबार, चैत्र २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij