गठबन्धन बाहेकका दलसंग चुनावी तालमेल नगर्ने :लुम्बिनीमा पाँच दलको निर्णय

गठबन्धन बाहेकका दलसंग चुनावी तालमेल नगर्ने :लुम्बिनीमा पाँच दलको निर्णय

लुम्बिनी

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनमा रहेका पाँच दलले गठबन्धन बाहेकका कुनैपनि दलहसंग चुनावी तालमेल नगर्ने निर्णय लिएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सोमबार बसेको संयुक्त बैठकले प्रतिगमनको राजनीतिक संकट अझै समाप्न नभईसकेकाले त्यसको रक्षाको लागि पनि आगामी स्थानीय निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुले चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरिएको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बताउनु भयो ।
संयुक्त बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धन बाहेका अन्य दलहरुसंग कुनै प्रकारको चुनावी तालमेल नगर्ने, सबै दलको प्रतिनीधित्व रहनेगरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने, जिल्ला स्तरीय गठबन्धनको संयन्त्रको बैठकबाट सहमति कायम गरि त्यसको रिपोर्ट प्रदेशमा पठाउन आग्रह गर्ने निर्णय गरेको हो ।
त्यस्तैगरी बैठकले गठबन्धन दलको संयुक्त स्थलगत अनुगमन कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा नेपाली काँग्रेसबाट राजु खनाल, माओवादी केन्द्रबाट लुमकान्त न्यौपाने, नेकपा एसबाट अशोक कोईराला, जसपाबाट अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाबाट बोमबहादुर खत्री रहेका छन् ।
बैठकमा नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा एकिकृत समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जसपाका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलम सहभागि हुनुभएको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij