बुटवल
नेपालको संविधानको धारा ३८ को उपधारा ४ ले महिलाको समानुपातिक समावेशी नेतृव्वलाई सुनिश्चित गरेको छ । तर पनि राजनैतिक क्षेत्रमा महिलाहरुले आफनो यो मौलिक आधिकारलाई पूर्ण रुपमा उपभोग गर्न पाएका छैनन् । ओरेक नेपालले ले आगामी स्थानीय तहको निर्वाचनमा निर्णयक तहमा महिलाहरुको समानुपातिक समाबेशी नेतृव्वको सुनिश्तिताका लागि राजनैतिक दल र राज्यका विभिन्न संयन्त्रहरुको ध्यानकर्षण गराउने उद्देश्यले महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार सामाजिक रुपान्तरणको आधार अभियान लाई आफनो ३१ औ बार्षिक उत्सवको अवसरमा घोषण गरेको छ ।यस अभियानमा महिला मानव अधिकार रक्षकहरुको सञ्जाल , किशोरी अधिकार मञ्च , शिक्षाका लागि राष्ट्रिय अभियान रुपन्देही ,रेडियो मुक्ति क्रियासिल पत्रकार महिला डब्लु डब्लु जे रुपन्देही, कदम नेपाल , एड्भोकेसी फोरम, सेतो गुरास, महिला तथा बाल अधिकार सञ्जाल, रेडियो मुक्ति , तिलोत्तमा टेलिभिजन, सिवीन, ए . बि. सी नेपाल, दलित सामाजिक बिकास केन्द्र कपिलवस्तु , मधेश मानव अधिकार गृह , सिद्धार्थ सामुदायिक समाज , स्वतन्त्र विकास समाज र सैनामैना दलित उत्थान जस्ता संघसंस्थाहरुले हस्ताक्षर सहितको ऐक्येबद्धता जनाएका छन् । अभियान अन्तर्गत विभिन्न प्रदेश र जिल्लाहरुमा राजनीतिक दलहरुलाई ध्यानआकर्षण पत्र बुझाउने , अन्तरक्रिया र सम्बाद गर्ने जस्ता क्रियाकलाप भइरहेको छ ।
यसै सन्दर्भमा चैत २९ गते नेपाली काँग्रेस लुम्विनी प्रदेश अध्यक्ष अमर सिंह पुन मगरले संविधानमा सुनिश्चित गरिएको भन्दा बढी संख्यामा महिला सहभागीता गराउने सवालमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रतिवद्ध रहेको बताउदै ध्यानाकर्षण पत्रमा माग गरिएका विषयलाई समेटीने गरि बैशाख ३० गते हुने स्थानिय तहको उमेदवारी छनोट गरिने बताउनु भयो । ने क पा एमाले लुम्विनी प्रदेश का उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले महिला सहभागीताको लागि राजनीतिमा लागेका महिलाहरुले अवसर पाएका बेला नविनतम कार्य गरि सक्षम नेतृत्व लिन सक्छन भन्ने बाताबरण सृजना गर्नुपर्ने बताउनु भयो । महिलाको समावेसी सहभागीता गराउने विषयमा नेकपा एमाले प्रदेश कमिटीमा कुनै दुविधा नभएको हुँदा उपलब्धि सहितको प्रस्तावमा अडिग भई राजनीतिमा निरन्तर लाग्न महिलाहरुलाई आग्रह गर्दै सामाजिक संस्थाहरुको मागलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा एकिकृत समाजवादी पार्टी लुम्विनी प्रदेशका सचिव तथा रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङ्गले महिला नेताहरुलाई पहिलो स्थानमा राखेर उमेदवारी छनोट गर्ने कार्य आफ्नो पार्टीले गरेको बताउदै समाजिक संस्थाहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो । । ध्यानाकर्षण पत्रमा अव हुने स्थानिय निर्वाचन लगायत सरकारका सबै क्षेत्रमा महिलाको अर्थपूर्ण र निर्णायक भूमिका सहितको समावेसी सहभागीताका लागि ९ बुधे माग उल्लेख गरिएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्