सत्ता गठबन्धनले भागबण्डा भोलि मात्रै टुंग्याउने

सत्ता गठबन्धनले भागबण्डा भोलि मात्रै टुंग्याउने

काठमाडौं  –पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनको लागि भागबण्डा भोलि मात्रै टुंग्याउने भएको छ।

बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर/उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने निर्णय गरेको हो।

बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल बनाइसकेको छ। बैठकमा तल्लो तहबाट आएको प्रतिवेदनको आधारमा भागबण्डाको सहमति हुने भएको छ।

प्रकाशित मिति : आइतबार, बैशाख ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij