रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ गठबन्धनका दलहरु बिच नै छुट्टाछुट्टै चुनाव लड्ने सहमति जुटेको छ । सोही अनुसार नेपाली काँग्रेस रुपन्देहीले केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
काँग्रेस रुपन्देहीका एक पदाधिकारीका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिती कमजोर भएको र सत्तागठबन्धनमा रहेका दलहरुकै प्रतिस्पर्धा भएका स्थानीय तहमा गठबन्धनकै दलहरु बिच स्वच्छ चुनावी प्रतिस्पर्धा गर्ने सहमती भएको हो ।
एमालेको उपस्थिती कमजोर भएको र जसले जितेपनि गठबन्धनकै उम्मेदवारले जित्ने ठाउँमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्ने सहमति भएको हो । ‘हाम्रो मुख्य प्रतिस्पर्धा एमालेसंग हो, एमालेको उपस्थिती बलियो भएका ठाउँमा तालमेल गर्ने र बाँकीमा जसको पकड बलियो छ, त्यसकै नेतृत्वमा चुनावी तालमेल गरौं भन्ने हाम्रो कुरा हो, त्यो अझै टुङ्गिसकेको छैन ।’ उहाँले भन्नुभयो ।
रुपन्देहीको १६ वटा स्थानीय तहमध्ये दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका सहित मायाँदेवी, कोटहीमाही, मर्चवारी, समरीमाई र गैडहवा गाउँपालिकामा सत्ता गठबन्धनकै दलहरु बिच प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । यी पालिकामा मुख्य प्रतिस्पर्धा गठबन्धन भित्रकै दलहरु बिचमा रहेकोले यो निर्णय गरिएको हो ।
त्यस्तै बाँकी दश वटा पालिकामा स्थानीय आवश्यकताका आधारमा कुन कुन दलसंग चुनावी तालमेल गर्ने भन्ने विषयमा काँग्रेसले केन्द्रीय समितिलाई प्रतिवेदन पठाएको छ । एक मात्रै उपमहानगरपालिका रहेको रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका सहित देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी बिच चुनावी तालमेल गर्ने काँग्रेसको प्रस्ताव छ । त्यस्तै सैनामैना नगरपालिका र रोहिणी गाउँपालिकामा माओवादी केन्द्र, सिद्धार्थनगरमा नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी, ओमसतीया र सियारी गाउँपालिकामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी, सुद्धोधन गाउँपालिकामा जनता समाजवादी पार्टी, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी तथा कञ्चन गाउँपालिकामा माओवादी केन्द्र र जनमोर्चा विच चुनावी तालमेल गर्दा उपयुक्त हुने प्रतिवेदन नेपाली काँग्रेस रुपन्देहीले केन्द्रीय समितिलाई पठाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्