गठबन्धनको बैठक आज पनि बस्दै

गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्न लागेकाे हाे ।

सोमबार दोस्रोपटक बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँडको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको आ-आफ्नै दाबी रहेको कारण सहमति जुट्न सकेकाे थिएन ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभरको प्रयास असफल भएको थियो ।

यसअघि आइतबार बेलुकी ६ महानगर र ११ उपमहानगरमा हुने सम्भावित शक्ति बाँडफाँडको खाका बनेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा पोखरा महानगरपालिका र केही उपमहानगरपालिकाको प्रमुख कसले लिने भन्नेमा कुरा मिल्न नसकेको हो ।

प्रकाशित मिति : मंगलबार, बैशाख ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij