राप्रपाको घोषणापत्र : भ्रष्टाचारमुक्त पालिका बनाउने, ५० प्रतिशतसम्म कर कटौती

राप्रपाको घोषणापत्र : भ्रष्टाचारमुक्त पालिका बनाउने, ५० प्रतिशतसम्म कर कटौती

काठमाण्डाै – राप्रपा नेपालले यही वैशाख ३० गते हुने पालिका चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज बुधवार काठमाण्डौमा भएको कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा भ्रष्टाचारमुक्त पालिका बनाउने र नागरिकलाई निष्पक्ष र छिटो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्रमा विपन्न परिवारको पहिचान गर्ने उल्लेख छ ।

यस्तै कक्षा १२ सम्म निःशुल्क शिक्षा, विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड वितरण र प्राथमिक तहसम्म स्थानीय मातृभाषामा शिक्षा दिइने उल्लेख छ ।

हरेक वडामा प्रसूति सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म तीन हजार रुपैयाँ मासिक भत्ता दिइने पनि घोषणापत्रमा उल्लेख छ ।

राप्रपाले घोषणापत्रमा स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरी न्यूनतम करको व्यवस्था गर्ने जनाएको छ ।

घाेषणापत्रकाे पूर्णपाठ–

 

 

प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij