तिलोत्तमा
नेपाली काँग्रेस तिलोत्तमा नगर कार्यसमितिले तिलोत्तमाको मेयरका लागि सात जनाको नाम सिफारिश गरेको छ । बिहिबार बसेको नगर कार्यसमितिको बैठकले सातै जनाको नाम सिफारिश गर्ने निर्णय गरेको नगर सभापति हरिलाल पाण्डेले बताए । मेयरका लागि दाबी गरेका सातै जनाको नाम सिफारिश गरिएको उनले बताए ।
तिलोत्तमाबाट मेयरका लागि सिफारिश हुनेमा नेपाली काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँण रहेका छन् । खाँण २०७४ सालको निर्वाचनमा तिलोत्तमा नगरको मेयरका उमेद्वार समेत हुन । तिलोत्तमा नगर सभापति हरिलाल पाँण्डे पनी तिलोत्तमा नगरको मेयको आकाँक्षीका रुपमा आएका छन् , यस्तै नेपाली कांँग्रेसका चित्र के.सि.अर्का दाबेदारको रुपमा मेयरको लागी प्रतिश्पर्धामा छन् कुशल व्यबहार, बौद्धिक, इमान्दार नेताको रुपमा चिनिने उनी नेपाली काँग्रेस महासमिति सदस्य हुन् ।
तिलोत्तमा उद्योग वाणिज्य संधका अध्यक्ष माधव प्रसाद भण्डारी पनि आशन्न स्थानिय निकायको चुनावमा तिलोत्तमा नगरपालिकाको मेयरका आकाँक्षीका रुपमा आएका छन् । सामाजिक र राजनितिक कार्यमा सक्रिय भण्डारी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । यसै गरी तिलोत्तमा नगरपालिकाको मेयरका लागी सिफारीस भएका अर्का व्यत्ति हुन रोमणी प्रसाद पाठक , तिलोत्तमा नगरपालिकामा चर्चित नामका रुपमा लिइने पाठक यस अघिको चुनावमा पनी मेयर पदका आकाँक्षीका रुपमा रहेका राजनिती र समाजसेवी व्यत्तित्व हुन् । यस्तै नारायण न्यौपाने पनि अर्का बलिया दावेदारको रुपमा मेयरका आकाँक्षीका रुपमा सिफारिस भएका छन । न्यौपाने वडा नं ८का वडा अध्यक्ष पनि हुन वडामा उनले गरेको कामको नगरमा प्रशंशनीय रहेको वडा वासीको राय छ । र क्षेत्रिय प्रतिनिधि कविता अर्याल पनि मेयरको आकाँक्षीका रुपमा रहेकी छन् । पुव नेपाल शिक्षक संघ को उपाध्यक्ष समेत रहेका अर्याल नगरमा महिलाले नेतृत्व गर्न सक्छन भन्ने उदाहरणका लागि पनि आफ्नो दावी रहेको बताएकी छन् ।
उसो त यी सबै नाम नगरको हितको लागि उपयुक्त छ नै नगर सभापति पाण्डेले भने हामी सबैले जिल्ला,नगर बाट प्रदेशमा नामावली पठाएका छौ जसको नाम सिफारिस भएर आए पनि सबैले खुलेर सहयोग र सर्मथन गर्ने छौ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्