ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै

ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै

काठमाण्डाै – ३० गते हुने पालिका चुनावको लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्दैछन् ।

निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् ।

पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २ हजार ९२१, वडा सदस्यमा ३ हजार ३३८, महिला सदस्यमा १ हजार ५७६, दलित महिला सदस्यमा १ हजार २०३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार ५०६ जना महिला छन् ।

आयोगले मनोनयन दर्ताका लागि आज बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरेको छ । हिजो पहिलो दिन मुख्य दलका तर्फबाट उम्मेदवारी मनोनयन कम परेको आयोगले जनाएको छ । चुनावी कार्यक्रम अनुसार आज नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुनेछ ।

भोलि दाबी विरोधको समय निर्धारण गरिएको छ । बुधवार र बिहीवार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij