मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामान आयातमा रोक (सूचीसहित)

मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामान आयातमा रोक (सूचीसहित)

काठमाण्डाै – सरकारले मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ ।

आउँदो असार मसान्तसम्मका लागि मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र  २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको छ । यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि बाहेक जीप, कार र भ्यान तथा सबै प्रकारका खेलौना र तास पनि नेपाल भित्र्याउन पाइँदैन । कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु र हिराको आयातमा पनि असार मसान्तसम्म रोक लगाइएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । कूटनीतिक नियोगका अधिकारीहरु तथा वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुले पनि नियमअनुसार आयात गर्न पाउनेछन् ।

 

प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij