आचारसंहिता उल्लंघन गर्दै पार्टीको चुनावी प्रचारमा तिलोत्तमा र भैरहवाका मेयर

आचारसंहिता उल्लंघन गर्दै पार्टीको चुनावी प्रचारमा तिलोत्तमा र भैरहवाका मेयर

तिलोत्तमा,बैसाख १५ ।

 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गरी पार्टीको चुनावी कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् ।

 

घिमिरे नेकपा एमालेका चुनाव प्रचारका कार्यक्रममा सहभागी हुंदै आचारसंहिता उल्लंघन गरेका हुन् । घिमिरे बुधबार एमालेका उम्मेदवारहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी भए ।

 

उक्त कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रदेश अध्यक्ष लिला गिरी लगायतका नेताहरुले नगरपाकिलाका उम्मेदवारलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा मेयर बासुदेव घिमिरे पनि बोलेका थिए । मेयर घिमिरेले बिहीबार वडा नम्बर ४ को एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेका छन्

निर्वाचन आयोगको आचारसंहिताको बुँदा ५ क मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।

 

निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार वहालवाला जनप्रतिनिधि पार्टीको चुनाब प्रचारमा खटिन पाउँदैनन् । ‘वहालवाला प्रमुख-उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन मिल्दैन’–भण्डारीले भने ।

 

घिमिरे तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा वहाल रहेपनि लगातार पार्टीको कार्यक्रममा सहभागी हुन थालेपछि उनको आलोचना हुन थालेको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij