तिलोत्तमा नेपाल महिला संघ र अखिल नेपाल महिला संघको आयोजनामा महिला भेला सम्पन्न

तिलोत्तमा नेपाल महिला संघ र अखिल नेपाल महिला संघको आयोजनामा महिला भेला सम्पन्न

 

तिलोत्तमा

नेपाल महिला संघ र अखिल नेपाल महिला संघको आयोजनामा बिहिबार रुपन्देहीको तिलोत्तमामा महिला भेला सम्पन्न भएको छ ।

स्थानीय निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार भएकाहरुलाई विजयी गराउने उद्देश्यले चुनावी भेलाको आयोजना गरिएको कार्यक्रम संयोजक एवं महिला परिचालन संयोजक बाला घिमिरेले बताउनुभयो

भेलामा तिलोत्तमाका सबै वडाका महिलाको सहभागिता रहेको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरप्रमुखका उम्मेदवार रामकृष्ण खाँण ,उपप्रमुख उम्मेदवार हेमन्त पाण्डेय, प्रदेश सांसद दीपा वि,क,कांग्रेस महासमिति सदस्य गंगा शाही,ने,क,पा माओवादी तिलोत्तमाका अध्यक्ष बेल प्रसाद शर्माँ लगायतले बौल्दै गठबन्धनका सम्पुर्णलाई विजय गराउन एकजुट भएर टोलटोलमा परिचालन हुन आग्रह गर्नुभयो ।

तिलोत्तमा नगरप्रमुखका उम्मेदवार रामकृष्ण खाँणले आफुले गरेका वाचालाई पुरा गराउने र आफुले जे गर्ने हो त्यहीमात्र बोल्ने र नगरपालिका लाई ब्यवहारमै उत्कृष्ट बनाउने बताउनुभयो ।

उम्मेदवार खाँणले शुकबार चुनावी घोषणा सभा गर्ने जसमा तिलोत्तमामा अहिले रहेको करलाई ५० प्रतिशतले कमी गर्ने, फोहरमा लिने गरेको रकमलाई निशुल्क गर्ने,जेष्ठ नागरिकहरुलाई घरमै परिक्षणको ब्यवस्था गर्ने,अहिले रहेको सुविधा सम्पन्न नगरपालिकाको भवनलाई अस्पताल बनाउने लगायतका दीर्घकालिन योजनाहरु घोषणा पत्रमा रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेयले गठबन्धन पार्टीको रुपमा अगाडी बढने र तिलोत्तमाको विकासका लागी एकजुट भएर अगाडी बढने बताउनुभयो ।

भेलाको स्वागत सहसंयोजक कमला पाण्डेय र संचालन पार्वती थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij