दुग्धजन्य पादार्थको परिक्षणगर्न गुणस्तरिय प्रयोगशाला माग

दुग्धजन्य पादार्थको परिक्षणगर्न गुणस्तरिय प्रयोगशाला माग

 

बुटवल,

रुपन्देहीका दुग्ध व्यवसायीहरुले जिल्लामा गुणस्तरिय प्रयोगशाला स्थापना गर्न माग गरेका छन् । दुधको गुणस्तरको विषयमा पटक पटक विभिन्न निकायमा कुरा उठेको भन्दै उनीहरुले दुधको गुणस्तर कायम राख्न, गुणस्तरिय दुध विक्रि गर्ने सप्लायर्स, सहकारी वा व्यवसायी जो भएपनि कानुनी दायरामा ल्याउन माग गरेका हुन ।

रुपन्देही डेरी व्यवसायी समितिद्धारा बुटवलमा आयोजना गरेको ‘दुध तथा दुग्ध जन्य पाद्धार्थमा शुद्धता हुनुपर्दछ सरोकारवालामा प्रतिवद्धता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस व्यवसायीहरुले गुणस्तरिय दुध र दुग्धजन्य बस्तुको कारोबार गर्न माग गरेका हुन । कार्यक्रममा बोल्दै रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष गणेशसिंह भण्डारीलेपछिल्लो समयमा गुणस्तरीय दुधको नाममा सडकमा, धुलो, धुँवामा सस्तो दरमा दुध विक्रि भैरहेको भन्दै रोक्नको लागि सम्बन्धीत निकाय संग माग गरे । उनले उपभोक्ताले आफुले के कस्तो दुध उपभोग गरिरहेको छ भन्ने विषयमा जानकारी पाउनको लागि गुणस्तरिय आधुनिक प्रयोगशाला स्थापना गर्नुपर्ने माग गरे ।

उनले हाल डेरी व्यवसायीहरुर्लाइ विभिन्न तहबाट विचौलियाको आरोप आउने गरेको भन्दै पछिल्लो समयमा किसानबाट दुध खरिद गर्ने सहकारीहरुले ल्याक्टो, फ्याटको आधारमा दुध खरिद गर्ने र होलसेलमा अन्य व्यवसायीलाई विक्रि गर्ने गरी विचौलियाको काम गरेको समेत बताए । उक्त कार्य रोक्नको लागि स्थानिय तह सम्बन्धीत सरोकारवाला निकायका विचमा ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वाथ्य माहाशाखा प्रमुख मित्रमणी खनाल ले दुध तथा दुग्धजन्य बस्तुको शुद्धता कायम गर्नु सबैको दायित्व रहेको भन्दै गोठ देखि ओठ सम्म दुधमा शुद्धता कायम गर्न किसान, व्यवसायी, सहकारी, सबैमा आग्रह गरे । उनले दुधको गुणस्तर मापन तथा गुणस्तर कायम गर्नको लागि स्थानिय निकायबाट गर्नुपर्ने पहल आफुले निरन्तर गर्ने समेत बताए ।

यस्तै बुटवल उपमहानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख भुवा प्रसाद लुईटेलले मानिस जन्मेपछि मृत्यु संकारसम्म आवश्यक पर्ने दुध र दुग्धजन्य बस्तुको शुद्धता कायम गर्नको लागि सबैसंग आग्रह गरे । उनले गुणस्तर दुधको उचित मुल्य तिर्नको लागि सबै तयार रहेको भन्दै यसमा किसान देखि व्यवसायी र वितरण प्रणालीमा सहभागी सबैको मुख्य भुमिका हुने बताए ।

यस्तै गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रमुख शम्भु प्रसाद झाले गुणस्तर तथा नापतौल ऐन २०५५ बमोजिम यदी गुणस्तर कायम नगरिएको पाईएमा उचित कारवाही भोग्न समेत तयार हुनुपर्ने बताए । पछिल्लो समयमा लेवलिङ्ग, प्याकेजिङ्ग, पास्चराईजेसन नगरिएको बस्तु उपभोग, विक्री वितरण गर्न नपाईने नियम भएको भन्दै उनले खुल्ला दुध विक्री गरिरहेका व्यवसायीहरुले विस्तारै प्याकेजिङ्गमा जानुको विकल्प नभएको बताए ।

कार्यक्रममा दुग्ध उत्पादक कृषि सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, समितिका संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपाने, निर्वतमान अध्यक्ष नेत्र प्रसाद पाठक, लुम्बिनी विश्व विद्यालय तथा आधुनिक समाज डेन्डलका प्रमुख माधव सापकोटा, समितिका उपाध्यक्ष कृष्ण प्रसाद पौडेल,डेरी एशोसीयसन केन्द्रीय सदस्य कृष्ण प्रसाद भट्राई , समितिका सचिव पदम प्रसाद पौडेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij