राजकुमारद्धारा स्वर्गीय बुवाको पुण्यतिथीमा वृद्धाआश्रमलाई सहयोग

राजकुमारद्धारा स्वर्गीय बुवाको पुण्यतिथीमा वृद्धाआश्रमलाई सहयोग

बुटवल-बुटवल ११ दुर्गानगरबस्ने राजकुमार बि.क.ले बुवाको बार्षिक पूण्य तिथिमा दुर्गाभवानी शिवकुमारी सैंजु आश्रमलाई सहयोग प्रदान गरेका छन् ।
गुल्मी जिल्ला धुर्कोट गा,पा.नं-४ जैसिथोक घर भई हाल बुटवल ११ दुर्गानगर बस्ने बिक ले स्वर्गीय बुवा बाबुलाल बिश्वकर्माको बार्षिक पूण्य तिथिको अवसर पारेर शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं.२ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु वृद्धाआश्रममा पुगेर आश्रीतलाई कपडा, हर्लिस, खाद्यन्न सामाग्रि, सरफसफाई सामाग्रि,बितरण गर्नुको साथै बिहानको खाना समेत प्रदान गरेका हुन् ।


आश्रममा आश्रय लिएका वृद्धवृद्धा सबैका आमा बुबा भएकाले सहयोग गर्नु नै सबै भन्दा ठूलो धर्म सम्झेर  सहयोग गरिएको बिकले बताए ।
आश्रमका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले एक्लैले भन्दापनि धेरैको सानो सानो सहयोग हुँदा धेरै हुने भएकाले सहयोग कहिल्यै पनि सानो नहुने ,,,,,,बताए ।उक्त आश्रममा अहिले सात जना वृद्ध बृद्धाहरु आश्रीत छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij