देवदहलाई पर्यटकीय गन्तब्य बनाउछु:खत्री

देवदहलाई पर्यटकीय गन्तब्य बनाउछु:खत्री

 

देवदह
रुपन्देही देवदहका मेयरका उम्मेदवार हिराबहादुर खत्रीले देवदहलाई नमुना पर्यटकीय गन्तब्य बनाउने गरि योजना अगाडि सारेको बताउनु भएको छ । उहाँले देवदह ऐतिहासिक र पर्यटकीय क्षेत्र भएकाले देवदहका हरेक वडामा पार्क निर्माणको योजनालाई पुर्णता दिदै नमुना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना आफ्नो रहेको बताउनुभयो । मेयरका उम्मेदवार रहनु भएका खत्रीले शनिबार घरदैलोका क्रममा स्थानीयसँग योजना सुनाउँदै भगवान बुद्धको मावली स्थल देवदहलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने योजनालाई पुर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले पर्यटन, कृषिको सम्भावना बोकेको नगरलाई नमुना कसरी बनाउन सकिन्छ भन्ने योजनाको गृहकार्य समेत भएको उल्लेख गर्दै देवदहका युवाहरुलाई दक्षताअनुसारको सीप सिकाउने र दिलाउने कुरामा अहिलेको गठबन्धन जिम्मवारीका साथ काम गर्ने आश्वासन दिनुभयो । उहाँले देवदहका सबै वडामा शिक्षा, स्वास्थ्य, खानेपानी सबैका लागि सर्वसुलभ बनाउने गरि काम गर्ने पनि बताउनुभयो । देवदहमा मेयरका लागि काँग्रेसबाट हिराबहादुर खत्री र माओवादीबाट उपमेयरमा माओवादी केन्द्रबाट सुन्दरी गिरीले उम्मेदवारी दिनुएको छ । देवदहमा काँग्रेस र माओवादीबीच गठबन्धन भएको छ ।

 

प्रकाशित मिति : शनिबार, बैशाख १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij