मतदातामाझ उपमेयरका उम्मेद्वार गुुरुङको प्रतिबद्धता : ‘बुुटवलबासी भन्दा गर्व गर्ने बनाउँछुु’

मतदातामाझ उपमेयरका उम्मेद्वार गुुरुङको प्रतिबद्धता : ‘बुुटवलबासी भन्दा गर्व गर्ने बनाउँछुु’

बुटवल

 पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयरका उम्मेद्वार चिनबहादुर गुरुङले मतदाताहरुमाझ बुटवलबासी हुुँ भन्दा गर्वगर्न लायक बनाउने प्रतिबद्धता जनाएका छन ।

पछिल्लो पाँच बर्षमा सडक निर्माणमा स्थानीय सरकारले चासो दिन नसक्दा बुटवलबासी भन्न लाजमर्दो भएकाले आफूूले गर्व गर्न लायक बनाउने प्रतिबद्धता जनाएका हुन । बुटवलको मुख्य सडकको अस्तव्यस्तता, भित्रि सडकको व्यवस्थापन गर्दै सुन्दर र व्यवस्थित बुुटवल बनाउने मतदाताहरुलाई विश्वास दिलाएका छन ।

शनिबार बुटवल उपमहानगरपालिका वडा नं. ३, १० र १२ मा मतदातासंगको भेटघाटमा उपमेयर गुरुङले अब बुुटवलमा अव्यवस्थित बसोबासी, सुुकुुम्बासी समस्या, ट्राफिक व्यवस्थापन, चुरे पहाडको पहिरो, खानेपानी, फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।
‘म २०५४ सालदेखि जनप्रतिनिधि भएर बुुटवलबासीको सेवामा खटिएको छुु, बुटवलबासीले चाहेको, खोजेको विकास भएको छैन, अब त्यसको नेतृत्व गठबन्धनले गर्नेछ’ उनले भने ।
उनले आफू जनप्रतिनिधिका रुपमा रहेपनि एमाले नेतृत्वले काम गर्ने वातावरण नबनाएको बताउँदै त्यसैले विद्रोह गरेको सुनाए । उनले मतमाझ आफूहरुले जे काम गर्ने हो, त्यहि काम मात्रै गर्ने प्रतिबद्धता जनए ।

जनताको घरदैलौमा पुुगेका गुुरुङलाई मतदाताहरुले बुटवलबासी भनेर गर्व गर्न लायक बनाउन सुुझाव दिएका थिए । बृद्ध आमा, बुुवा र युुवाहरुले आफूलाई मत दिने आश्वासन दिएको उनले बताए ।

बुटवलमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डे मेयर र  नेकपा एकिकृत समाजवादीका चिनबहादुर गुरुङ उपमेयरमा उम्मेद्वार छन । बुुटवलमा काँग्रेस, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेलगरि गठबन्धन कायम छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij