देवदह १० चरंगेका भएको घटनाप्रनि काँग्रेसको ध्यानाकर्षण

देवदह १० चरंगेका भएको घटनाप्रनि काँग्रेसको ध्यानाकर्षण

 

बुटवल

गयराती देवदह १० चरंगेका भएको घटनाप्रनि नेपाली काँग्रेस देवदहको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमालेको प्रचार प्रसारमा हिडेको गाडीमा टाँगिएको ब्यानर, पोस्टर र झण्डामा काँग्रेसका कार्यकर्ताले क्षति पुराएको भन्दै गरिएको प्रचारबाजी भ्रामक षडयन्त्रपुर्ण भएको काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेस स्वच्छ र मित्रवत प्रतिष्पर्धामा बिश्वास गर्ने र प्रतिष्पर्धी वा बिपक्षीलाई सम्मान गर्ने पार्टी भएको स्मरण गराउदै नेकपा एमालेले आफ्नो कमजोर उपस्थितीलाई ढाकछोप गर्न र निर्वाचनमा हारको मानसिकताबाट गुज्रेका कारण आफैले घटना घटाएर आरोप लगाएको भन्दै काँग्रेसले सो आरोपको खण्डन गरेको छ ।
नेपाली काँग्रेस देवदह १० का निवर्तमान वडाध्यक्ष तथा बर्तमान अध्यक्ष पदका उम्मेदवार एक बहादुर सुनारले भने -यसरी अज्ञात समुहले गरेको कुनैपनि दलको प्रचार सामाग्रीमा क्षति पुराउने खालको अराजनैतिक क्रियाकलापप्रति नेपाली काँग्रेस दुःख ब्यक्त गर्दछ । अज्ञात समुहबाट भएको घटनाको स्वतन्त्र रुपले उचित छानविन नै नगरि नेपाली काँगे्रसमाथि लगाइएको आरोपप्रति देवदह काँग्रेसले खेद प्रकट गरेको सभापति गुणखर भुर्तेलले बताएका छन ।

प्रकाशित मिति : आइतबार, बैशाख १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij