प्रदेश ५ राजधानी समितिबारे सांसदको मतभेद, भन्छन्- टुङ्गो लगाउन समितिलाई काम गर्न दिउँ’

प्रदेश ५ राजधानी समितिबारे सांसदको मतभेद, भन्छन्- टुङ्गो लगाउन समितिलाई काम गर्न दिउँ’

रुपन्देही : प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले प्रदेशको राजधानीको विषयमा चाँडो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश नं ५ को आज बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले राजधानीको नामाकरण र स्थानको टुङ्गो लगाउन ढिलाइ हुँदा जनप्रतिनिधिका कामप्रति जनतामा आशङ्का बढेको बताए ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले राजधानीको टुङ्गो लगाउन बनेको समितिलाई अविश्वास सिर्जना गरेर काममा ढिलाइ गर्न नहुने बताए । “समितिको विषयमा विवाद गर्न हुन्न, समितिलाई काम गर्न दिउँ,” उनले भने ।

अर्का प्रदेशसभा सदस्य रमा घर्तीले राजनीतिक सहमतिका आधारमा राजधानीको नामाकरण र स्थान तय गर्नुपर्ने बताइन्। उनले समितिलाई विवादरहित ढङ्गले काम गर्न दिनुपर्ने बताइन्। प्रदेशसभा सदस्य भगवती गिरी भण्डारीले संसदीय समितिमा सबै सदस्यको प्रतिनिधित्व सम्भव नभएको बताए ।

अर्का सदस्य कमलराज श्रेष्ठले सदस्य थप गर्न नियमावलीले नमिल्ने बताउनुभयो । विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य विष्णु पन्थी, दिपेश थारु, निर्मला क्षेत्रीलगायतले प्रदेशलाई समृद्ध बनाउन सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताएका थिए ।

प्रदेशको नामाकरण र स्थानको टुङ्गो लगाउन दिपेन्द्र पुन मगरको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिमा अर्घाखाँचीका तीन, पाल्पा, बर्दिया, कपिलवस्तु र रुपन्देहीका दुई÷दुई तथा प्युठान, दाङ, गुल्मी र रोल्पाका एक÷एक जना प्रदेशसभा सदस्य सदस्यका रुपमा रहेका छन् ।

यस्तै आजको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नं ५ पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र प्रदेश नं ५ प्रदेश पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति : शुक्रबार, पुष २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij