बुटवल १७ मा मेयर उम्मेद्वार पाण्डेको प्रतिबद्धता: सुकुम्बासी र अव्यवस्थित बसोबास समस्या एक वर्षमै समाधान गर्छु

बुटवल १७ मा मेयर उम्मेद्वार पाण्डेको प्रतिबद्धता: सुकुम्बासी र अव्यवस्थित बसोबास समस्या एक वर्षमै समाधान गर्छु

सत्ता गठबन्धनले  प्रचार प्रसारलाई थप तिब्र बनाएको छ ।बुटवलको मेयर, उपमेयर र बिभिन्न वडामा अध्यक्ष र सदस्य पदका लागि भएको राजनैतिक गठबन्धनले आफ्नो चुनावी अभियानलाई थप तिब्रता दिएको हो ।
नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले बुटवल वडा नं १७ मा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस महासमिती सदस्य बिमल ढकालले संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न चुनाव कांग्रेसले जित्न आवश्यक रहेको बताएका छन।

त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले निर्वाचन आचार संहिता नलाग्ने भएपछि सुकुम्बासी र अब्यवस्थित बस्ति धरै भएको ठाँउ बुटवल १७ बाट  सबैभन्दा पहिले नापजाँचको काम सुरु गर्ने बताएका छन ।
बुटवल १७ गठबन्धनका उम्मदवारसंगको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै सुकुम्बासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता भएर्को  बताए  । उम्मेदवार पाण्डेयले नदी किनारको जोखिमयुक्त बस्तीलाई व्यवस्थित र सुरक्षित बनाउँदै सुकुम्बासी तथा अव्यवस्थित समस्यालाई एक वर्षमा समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले नदीकिनारको जोखिमपूर्ण बस्तीलाई बुटवल नगरभित्रै व्यवस्थापन गर्ने र अन्यलाई आवश्यकताअनुसार समस्या समाधान गरिने बताए।उनले बुटवलको विकास समानुपातिक ढंगले नभएकाले बुटवलका सबै वडाको समानुपातिक विकास गरिने बताए।

“यसअघि धेरै पटक एउटै पार्टीलाइ हेर्नुभयो तर उनीहरुले सत्तामा गएपछि जनतालाइ सम्झेनन । आफु र आफना सीमित व्यक्तिको बृत्ति विकासमा मात्रै लागे । त्यसैले यो पटक नेपाली काँग्रेसलाई र गठबन्धन बाट नेपाली काँग्रेसका उम्मेद्धार खेलराज पाण्डेलाइ अमुल्य मत दिएर नगर हाक्ने मौका दिनुहो,उनले भने “हामीले तपाइहरुको चाहाना अनुसार नै काम गर्नेछौं । खानेपानी,सडक, ढल निकास,फोहोर व्यवस्थापन,शिक्षा,स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गर्ने ठोस योजना बनाएका छौ ।हामीले एमालेका उम्मेदवारले जस्तो झुटा आश्वासनहरु बाँडदैनौं ।तर जे बोल्छौ त्यो गरेर देखाउँछौं । उनले उपमहानगरलाई सबै राजनीतिक दल अट्ने साझा केन्द्रका रूपमा विकास गर्ने बताए। “बुटवलका सबै संघ संस्थालाई त्यहाँ अट्ने गराएर सबैको सामूहिक सहयोग, सल्लाह र मेलमिलापको नीतिबाट बुटवल उपमहानगरपालिका चलाउने लक्ष्य लिएको बताए ।


गठबन्धनका तर्फबाट बुटवल उपमहानगरको उपमेयरका उम्मेद्वार चिन बहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असायका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा बताएका छन ।

जनप्रतिनिधि सेवा सुविधा मुखी भएको भन्दै मतदाताहरुसँगको भेटमा प्रतिक्रिया आएको बताउँदै उपमेयरका उम्मेद्वार गुरुङले आफूले उपमेयरको गाडी व्यक्तिगत रुपमा प्रयोग नगर्ने घोषणा गरेका हुन । गुरुङले उपमेयरका लागि प्रयोग हुने गाडी जेष्ठ नागरिक,गर्भवती महिला, वालबालिका तथा विपन्न समुदायका लागि निशुल्क रुपमा प्रयोग हुने गरि एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याउने प्रतिबद्धता गरेका हुन ।

कार्यक्रममा बोल्दै बुटवल १७ का अध्यक्ष पदका उम्मेद्वार ज्ञान बहादुर रेस्मीले आफू निर्वाचित भएपछि बिकाश निर्माण, स्वरोजगारका कार्यक्रम संचालन गर्ने र सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा क्षेत्र नम्बर २ सचिव प्रजापाल गिरी, प्रदेस प्रतिनीधि भिम प्रसाद न्यौपाने ओम घिमिरे बाबुराम टंक न्यौपाने लगायतले बोल्दै नगरको विकास र यहाँका जनताको समृद्धिको लागि गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरेका थिए ।
वडा न १७ बाट अध्यक्षमा ज्ञान बहादुर रेश्मी संगै सदस्यहरुमा , राम प्रसाद न्यौपाने ,तुल्सी बहादुर चौधरी, देबि कुमारी दंगोरीया र रेखा बिक चुनावी मैदानमा छन ।

प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij