मजबुत कांग्रेस बनाएपछि राजनीतिबाट विश्राम लिने पौडेलको इच्छा

मजबुत कांग्रेस बनाएपछि राजनीतिबाट विश्राम लिने पौडेलको इच्छा

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब कांग्रेस कार्यकर्ताले गुटको नामबाट भन्दा सिंगो पार्टीको नाम लिएर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

गुटप्रति वफादार भएर अलग अलग गुटका लागि भन्दा पनि सिंगो कांग्रेसका लागि वफादार भएर काम गर्न पौडेलले कार्यकर्ताहरुलाई आग्रह गरे।

कांग्रेस वडा समितिले सराङकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसलाई मजबुद बनाउनका लागि अब यसको वा त्यसको कांग्रेस भन्ने भन्दा पनि नेपाली कांग्रेस भनेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिए।

उनले कांग्रेसलाई मजवुद बनाएर आफुले राजनीतिबाट अलग हुने पनि प्रष्ट पारे।

पौडेलले कम्युनिस्टहरू झुट, स्वार्थी तथा पक्षपाती हुन्छन भन्ने ओली सरकारले प्रमाणित गरेको बताए।

सरकारको गतिविधी र उनीहरुले आफ्ना मान्छेको बचाउमा गरेको गतिविधीले त्यस्तो देखाइरहेको पौडेलले बताए।

प्रकाशित मिति : शनिबार, पुष २१ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij