देवदह – देवदहको विकासका लागि हिराबहादुर खत्रीको प्यानलको जितको आवश्यकता रहेको देवदह १० का स्थानीयले बताएका छन । देवदह १० को विभिन्न स्थानमा भएको मेयर उपमेयर सहितको गठबन्धनको घरदैलोका क्रममा स्थानीले सो कुरा बताएका हुन । २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फ बाट मेयरमा निर्वाचित हिराबहादुर खत्री र वडा नं १० का अध्यक्ष एकबहादुर सुनार लगाएतको समितिले पिछडिएको वडा अन्तर्गत पर्ने देवदह १० मा विकास भएको भन्दै स्थानीयले खुशि व्यक्त गरेका थिए । २०७४ सालको स्थानीय चुनाव अगाडी वडामा थुप्रै खालका समस्या थिए तर अहिले विस्तारै विकासका कामहरु भइरहेको भन्दै स्थानीयले देवदहमा विकासको लहर ल्याउन पुनः हिराबहादुरको जित हुनुपर्ने बताएका थिए । पहिला हाम्रो वाड देवदहको अविकसित वाड अन्तर्गत पर्दथ्यो तर अहिले हाम्रो वाड विकसित वाडको रुपमा अगाडी छ भन्दा फरक पर्दैन अब फेरी ंंपनि हामी नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठबन्धनले जितोस र अब बाकी रहेका कामपुरा हुन भन्दै स्थानीयले शुभकामना दिएका थिए । सो अवसरमा बोल्दै गठबन्धन तर्फबाट उमेदवार हिराबहादुर खत्रीले जनताको ईच्छा, चाहना र आवश्यकता अनुसारनै काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । देवदह पर्यटकीय सुन्दरताले भरिपूर्ण नगर भएको भन्दै देवदहमा आन्तरीक र वाहय पर्यटनलाई आर्कषित गर्ने खालका पर्यटकीय स्थलको संरक्षण, सम्बद्र्धन र विकास गर्दै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउने बताउनु भयो । उहाले पर्यटकीय चक्रपथ निर्माण र यातायातका साधनको नियमित सञ्चालन गरि सबै पर्यटकीय क्षेत्रमा विद्युत, खानेपानी, शौचालयको उचित व्यवस्थापन गर्ने गठबन्धनको लक्ष्य रहेकाले आफ्नो गठबन्धनलाई जीताउन उहाले आग्रह गर्नु भएको थियो । नेता खत्रीले देवदह नगरका बालबालिकालाई शिक्षाको पहुचमा पुर्याउनको लागि आधारभूत शिक्षा अनिवार्य, माध्यमिक शिक्षा निःशुल्क गर्ने बताउनु भएको थियो ।
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्