क्षेत्रमा अपमान सहँदै विष्णु पौडेल : राजधानी सारेकामा कार्यकर्ता रुष्ट

क्षेत्रमा अपमान सहँदै विष्णु पौडेल : राजधानी सारेकामा कार्यकर्ता रुष्ट

वुटवल

एमालेउपाध्यक्ष विष्णुप्रसाद पौडेललाई अहिले आफ्नै निर्वाचन क्षेत्रमा अपमान सहनु परेको छ । अर्थमन्त्री पद लिएर प्रदेशको राजधानी सारेकामा कार्यकर्ता रुष्ट भएका छन् । नेकपा एमालेले आईतबार बुटवलमा चुनावी सभा आयोजना गरेको थियो । जिल्ला तथा प्रदेश तहका नेताहरु बोलिरहेका थिए । एमाले अध्यक्ष केपि शर्मा ओली भन्दा पहिले नै बोल्नुपर्ने बिष्णु पौडेल ओलिलाई चितवन पुग्नुपर्ने भन्दै पछि हटाईयो । अध्यक्ष ओलीले करिब ४० मिनेट भाषण गरेर त्यहाँबाट निस्कनु भएको थियो ।

सुकुम्बासी क्षेत्र लक्षित बुटवल ११ मा आयोजना गरिएको कार्यक्रममा ११ बजे ओलि आउने भनेपनी ३ बजेसम्म नआएपछी कार्यकर्ता निस्किसकेका थिए । ओलिकै भाषण सुन्न बसेका कार्यकर्ता ओलिको भाषण सकिनासाथ जराकजुरु उठिहाले ।

कार्यक्रमका उद्घोषक एमाले रुपन्देही सचीव यज्ञ गैह्रले उपस्थितिलाई बसिरहन आग्रह गरेपनि कार्यकर्ता बसेनन् । आफ्नो निर्वाचन क्षेत्रमा बोल्न नपाएपछी उपाध्यक्ष पौडेल अपमानित भएको एमाले कार्यकर्ता बताउछन् । आफ्ना उम्मेदवार जिताउनको लागि आग्रह गर्नुपर्ने भएपनि कार्यकर्ताले नै नरुचाएपछी उपाध्यक्ष पौडेललाई बोल्न समेत दिईएन ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवललाई स्थायी बनाउने बाचा गरेका पौडेलले अर्थमन्त्रीसंग राजधानी साटेको बताउदै उहाँसंग एमाले कार्यकर्ता नै रुष्ट छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल बोल्ने समयमा कार्यकर्ता हिडेपछि उहाँले फोहोर र पानीका खाली बोतल उठाउनु भएको थियो । अहिले उपाध्यक्ष पौडेलले आफू अनुकुलको गोपाल रानालाई बुटवलको मेयरमा अगाडि सारेपनि महासचिव शंकर पोखरेल हावी भएर पोखरेल निकट मानिएका बाबुराम भट्टराईलाई टिकट दिएपछि उसैपनि उपाध्यक्ष पौडेल सन्तुष्ट हुनुहुन्न । त्यस्तै गोपाल राना निकटका एमाले कार्यकर्ता पनि खुलेर चुनावी प्रचारमा छैनन् ।

प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij