बुटवल
बुटवल उपमहानगरका वडा न १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत ६३६ मतसहित बिजयी भएका छन् । उनी पुतली चुनाव चिन्हबाट चुनावी लडेका थिए । ४ सदस्यहरुमा कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।
महिला सदस्य निलम गाैतम, दलित महिला सदस्य प्रेमशीला धाेवी,अशाेक राइ र आदिल अहमद खाँन बिजयी भएका हुन् ।
एमालेबाट चुनावी मैदानमा रहेका महेन्द्र लिगल र कांग्रेसबाट अध्यक्षको दाैडमा रहेका माधब प्रधानलाई पराजित गर्दै बस्नेतले जीत निकालेका हुन् । उनलाई कांग्रेसले केहि दिन अघि मात्रै कारबाही गरेको थियो ।
एमालेका महेन्द्र लिगलले ५५१ र कांग्रेस उम्मेदवार माधब प्रधानले ३४९ मत पाएको निर्वाचन अधिकृत खेदनाप पाैडेलले जानकारी दिए । बुटवल वडा न १ मा १९६८ मत खसेको थियो । अहिले बुटवलमा बिजयी रयाली निकालिएको छ ।
वडा न १ काे मतगणना सकिँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ८४३ ,राप्रपाका मिर्गेन्द्र शेरचनले ४१४ र एमालेका बाबुराम भट्टराइले ३४० मत पाएका छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्