प्रधानमन्त्री देउवा लुम्बिनीमा

प्रधानमन्त्री देउवा लुम्बिनीमा

लुम्बिनी – प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीहरुसहित लुम्बिनी आएका छन्। भोलि हुने भारतीय प्रधानमन्त्रीको भ्रमणसहित बुद्धजयन्ती लगायतका कार्यक्रममा सहभागी हुनेगरी देउवा लुम्बिनी आएका हुन्।

प्रधानमन्त्री देउवासंगै गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्र मन्त्री डा. नारायण खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लुम्बिनी आएका छन्।

प्रधानमन्त्री देउवाले भोलि बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नेछ । त्यसपछि ९ बजे लुम्बिनीस्थित ५ हजार क्षमताको ध्यान केन्द्र उद्घाटन गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमै स्वागत गरी भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

देउवाले बुद्ध जयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आयोजना गरेको समारोहमा समकक्षी मोदीसंगै सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री, मन्त्रीहरु र सबै सुरक्षा निकायका प्रमुखहरु अहिले लुम्बिनीमा छन्। सयौं सुरक्षाकर्मीले लुम्बिनीको पहरा दिएका छन्।

प्रकाशित मिति : आइतबार, जेष्ठ १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij