बुटवल
बुटवल उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका नरिश्वर पौडेल विजयी भएका छन् । एमालेका निवर्तमान वडाध्यक्ष करिब ५ सय मत अन्तरले टंक पराजुलीलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । वडाध्यक्षमा निर्वाचित पौडेल बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं विभिन्न उद्योग व्यवसायका सञ्चालक हुन् । उनी बागलुङबाट बसाई सरेर बुटवल आएका हुन् ।बुटवलका १९ वडामध्ये १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत,२ मा एकीकृत समाजवादीका सुनिल शाक्य,३ मा माओवादी केन्द्रका विष्णु ढकाल,१८ र १९ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्