बुटवलमा फराकिलो मतान्तरसहित मेयरमा कांग्रेसका खेलराजको अग्रता कायमै

बुटवलमा फराकिलो मतान्तरसहित मेयरमा कांग्रेसका खेलराजको अग्रता कायमै

बुटवल

रपन्देहीको एकमात्र उपमहानगर बुटवलमा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ । १९ वटा वडा रहेको

बुटवलमा अहिलेसम्म १,२,३,४,५,१९,१८,१७ र १६ को नतिजा आइसकेको छ ।

यहाँ १९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरि २ मा समाजबादी,३ मा माओबादी केन्द्र,४,५,१६ र १७ मा कांग्रेसले जित निकालेको छ ।

स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवलमा मेयर पदका उम्मेद्वार कांग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाउँदै अघि बढेका छन् ।पाण्डेयले १० हजार ६११ मत प्राप्त गर्दै अग्र स्थानमा छन् । नेकपा एमालेका बाबुराम भट्टराईले ७ हजार ८२ मत प्राप्त गरेका छन् । भट्टराई पाण्डेभन्दा ३ हजार ५२९ मतले पछि रहेका छन् । यसैगरी राप्रपाका मृगेन्द्र शेरचनले २ हजार ६४ मत प्राप्त गरेका छन् ।

उप मेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले सूर्य चिन्हमा अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार २२१ मतले पछि पारेकी छन् । अर्यालले ७ हजार ७७३ मत प्राप्त गर्दा गुरुङले कलम चिन्हमा ५ हजार ६८२ मत पाएका छन् । यसैगरि राप्रपाकी भगवती पाण्डे सैजुले हलो चिन्हमा २ हजार ३६३ मत प्राप्त गरेकी छन् ।

अहिले वडा न ६ र १५ को मतगणना जारी छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij