भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १६ नेपाली कांग्रेसका उम्मेदवार झबिलाल भुसाल ९ मत अन्तरले विजयी भएका छन्।
भुसालले नेकपा एमालेका उम्मेदवार केशव चौधरीलाई पराजीत गरेका हुन्। भुसाल २०७४ सालमा पनि नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
भुसालले १ हजार ४७५ मत गरेका छन् भने चौधरीले १ हजार ४६६ मत प्राप्त गरेका छन्। तिलोत्तमा १६ मा भुसालले प्यानल सहित बिजयी हासिल गरेका छन्।
यस्तै वडा नम्बर दुईमा पनि नेपाली कांग्रेसले जितेको छ। वडा नम्बर दुईमा नेपाली कांग्रेसका डिल बहादुर भट्टराई विजयी भएका हुन्।
तिलोत्तमा १५ मा भने एमालेले जितेको छ। तिलोत्तमा १५ मा एमालेका खेमराज गुरुङ सहित सबै प्यानल विजयी भएका हुन्।
प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्