तिलोत्तमामा काँग्रेसका खाँणलाई ४०६ मतको अग्रता,एमाले दोस्रो र जनमुक्ति तेस्रो स्थानमा

तिलोत्तमामा काँग्रेसका खाँणलाई ४०६ मतको अग्रता,एमाले दोस्रो र जनमुक्ति तेस्रो स्थानमा

बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाँणले मतान्तर थप बढाउदै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार काँग्रेस उम्मेदवार खाँण एमाले उम्मेदवार मोहन चापाई भन्दा ४०६ मतले अगाडि रहेका छन् ।

३१ हजार ७०१ मत गणना हुँदा काँग्रेस उम्मेदवार खाँणले १२ हजार ३१५ मत प्राप्त गरेका छन भने एमाले उम्मेदवार चापागाइँले ११ हजार ९०९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरीको अग्रता कायमै छ । उनले ११ हजार ५८२ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ५ हजार ८९५ मत प्राप्त गरेका छन् ।

तिलोत्तमामा अहिले वडा नं ४, ५, १३ र वडा नं १४ को मतगणना भईरहेको छ । अहिलेसम्म तिलोत्तमा नगरपालिकाको वडा नं १, २, ३, १५, १६ र १७ गरी ६ वटा वडाको मत गणना सकिएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij