रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले लिए सपथ

रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले लिए सपथ

बुटवल

रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ लिनुभएको छ  । पछिल्लो पटक नतिजा आएका ६ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ लिनुभएको हो ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गांउपालिका, सम्मरीमाई गांउपालिका र गैंडहवा गांउपालिकामा नवनिर्वाचित प्रमुख-अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिनुभयो ।
भैरहवाको बालमन्दिरमा सोमबार बिहान आयोजित एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण गराउनुभयो ।

सोमबार सपथ लिनेहरुमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय,सैनामैना नगर प्रमुख फणिन्द्र शर्मा, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्विन खांन, मर्चवारी गांउपालिका अध्यक्ष गयाप्रसाद बरई,सम्मरीमाई गांउपालिका प्रमुख बिनोदकुमार श्रीवास्तव र गैंडहवा गांउपालिका प्रमुख सुरेन्द्र पौडेलले सपथ लिनुभएको हो । उहांहरुले आजै आ–आफ्नो पालिकामा अन्य जनप्रतिनिधिलाइ सपथ गराउने कार्यक्रम समेत छ ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सदभाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताउनुभयो । उहांले निर्वाचनमा देखाएको उर्जा काममा पनि लगाउन आग्रह गर्नुभयो ।
सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनतालाई केन्द्रमा राखेर कानूनमा रही काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

उहांले जनताले अनुभुति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहांले राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij