बुटवलको सडक विस्तारदेखि ज्योतिनगर पहिरो व्यवस्थापनमा नगरप्रमुख पाण्डेयको चासो

बुटवलको सडक विस्तारदेखि ज्योतिनगर पहिरो व्यवस्थापनमा नगरप्रमुख पाण्डेयको चासो

बुटवल ।  बुटवल उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख खेलराज पाण्डेयले राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक विस्तारको काम  र  ज्योतिनगर पहिरो ब्यवस्थापनमा चासो देखाएका छन ।

कार्यभार समालेको दोश्रो दिन नै उपमहानगरपालिकाको कार्यालयमा सरोकारवाला निकायसँग छलफल गर्दै सडक विस्तारको काम छिटो सक्न सडक डिभिजन कार्यालय र ठेकेदारलाई निर्देशन दिएका हुन ।  सडक विस्तारको काम सुस्त गतिमा चल्दा जनताले दुख पाएको र बुटवलमा वायु प्रदुषण बढेकाले काम छिटो सक्न पाण्डेयले सम्बन्धित निकायलाइ निर्देशन दिएका हुन ।

उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्याल, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी , प्रमुख प्रसासकीय अधिकृत विरेन्द्रदेव भारती, बुटवल बेलहिया ब्यापारीक मार्ग आयोजनाका निमिक्त प्रमुख सविता ज्ञवाली, नेपाल खानेपानी संस्थान बुटवल , नेपाल विद्युत प्राधिकरण बुटवल शाखा प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा वर्षायाम अघि नै नाली निर्माणको काम सम्पन्न गर्न सम्बिन्धीत निर्माण ब्यवसायीलाई निर्देशन दिएको हो । सडकको क्षेत्राधिकार भित्र रहेका खानेपानीका पाईप , विद्यतुका पोल तत्काल  स्थानान्तरण गर्नका लागि नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरण बुटवलसँग  समन्वयन तथा सहयोगको लागि अनुरोध गर्ने निर्णय भएको नगर प्रमुख पाण्डेयले बताए ।

यस्तै ज्योतिनगर पहिरो ब्यवस्थापनको लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति ईकाई र डिभिजन बन कार्यालयका प्रतिनिधिहरुसँग पनि नगर प्रमुखले छलफल गरेका छन ।  पहिरो क्षेत्रको अध्ययन गरी तत्कालन पहिरो ब्यवस्थापनमा लाग्न सरोकारवालाहरुसँग छलफल चलाएको उनले बताए ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति ,  डिभिजन बन कार्यालय र  उपमहानगरपालिकाबाट संयुक्त अनुगमन तथा प्राविधिक समिति गठन गरी पहिरो क्षेत्रको अध्ययन  गरि शुझाब पेश गरिने भएको छ ।
शुझाब र लागत अनुमानका आधारमा उपमहानगरपालिकाको विपद ब्यवस्थापन शाखाबाट कार्य गर्ने निर्णय भएको छ ।  पहिरो क्षेत्रमा आवश्यक ग्याविन जाली भर्ने काम र पानीका मुहानको ब्यवस्थापनका लागि स्थलगत अनुगमन गर्र्ने र आवश्यक कामको लािग  प्राविधिक खटाउने निर्णय भएको छ ।

यस्तै उपमहानगरपालिकाले तथ्याङ्क संकलन भएका भूमिहिन, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीहरुको लागि परिवार अब्वस्थित बसोबास अभिलेखिकरण प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij