तिलोत्तमाको मेयरमा काङ्ग्रेसका खाण बिजयी,उपमेयरमा एमालेकि चौधरी बिजयी

तिलोत्तमाको मेयरमा काङ्ग्रेसका खाण बिजयी,उपमेयरमा एमालेकि चौधरी बिजयी

बुटवल -रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई पराजित गरेका हुन् ।खाण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन।
तिलोत्तमामा खसेको ६४ हजार ७ सय २० मतमध्य काङ्ग्रेसका खाणले २४ हजार ३९६ मत ल्याएका छन भने एमालेका चापागाईंले २३ हजार ६३१ मत ल्याएका छन।
उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी भारी मतान्तर सहित बिजयी भएकी छन। चौधरीले २३ हजार ८६ मत ल्याएकी छन। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५४६ मत ल्याएका छन।
तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर हो भने एमाले उपाध्यक्ष बिष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री खाँणको गृहनगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । तिलोत्तमामा ०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।
१७ वडा कार्यालय रहेको तिलोत्तमा नगरपालिकामा वडा नं २,३,५,६,९,१३,१४,१६ र १७ मा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । वडा नं १,४,७,१०,११, १२ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ। तिलोत्तमामा कांग्रेस र माओबादीको तालमेल थियो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij