तिलोत्तमाका नवनिर्वाचित प्रमुख खाणद्धारा गौशाला र सिद्धबाबा मन्दिरमा पूजाअर्चना

तिलोत्तमाका नवनिर्वाचित प्रमुख खाणद्धारा गौशाला र सिद्धबाबा मन्दिरमा पूजाअर्चना

तिलोत्तमा-तिलोत्तमाको नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमामा ८ मा रहेको गौशाला र सिद्धबाबा मन्दिरमा आज वैदिक परम्पराअनुसार पूजाअर्चना गरेका छन् । वैदिक परम्पराअनुसार पूजा गर्दै नवनिर्वाचित खाँणले विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरे ।

सो अवसरमा खाणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए । उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने बताए ।

तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।उनले आफ्ना एजेण्डालाइ मतदाताले साथ दिएकोमा धन्यबाद समेत दिए । उनले भने –हामीले अब सबैलाइ मिलाएर सबैसंग मिलेर काम गर्छौं,तिलोत्तमालाइ देशमै उत्कृष्ट,भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउने मेरो प्रतिबद्धता छ,यो पुरा गर्छु । ‘मलाइ आफ्नो मत दिएर जिताउनुहुने सबैप्रति कृतज्ञ छु ,मेरो अभियानमा साथ दिने सबैलाइ एकमुष्ट धन्यबाद दिन चाहन्छु ।’उनले भने । शासकको रुपमा नगरपालिकामा नबस्ने भन्दै उनले जनताकै सेवामा केन्द्रित रहने र बाँकी जीवन पनि नगरबासीकै सेवा गरेर बिताउने बताए ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij