तिलोत्तमा नगरपालिकामा निर्बाचित नव जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिए

तिलोत्तमा नगरपालिकामा निर्बाचित नव जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिए

तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्बाचित नव जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही नव निर्बाचित नगर(प्रमुख रामकृष्ण खांडले सपथ लिएका हुन्। नगरप्रमुख खांडले तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा उपप्रमुख जागेश्वरी देवी चौधरी लगायत वडाका सम्पूर्ण निर्बाचित अध्यक्ष तथा सदस्यहरुलाई सपथ खुवाएका छन्।

No description available.

सो कार्यक्रमममा बोल्दै नगरप्रमुख खांडले सबैको सहमति सहकार्य र समन्वयमा अबको नेतृत्व अगाडी बढ्ने कुरा ब्यक्त गरे। उनले अघिल्लो नेतृत्वले गरेका असल कार्यहरुको अबलम्बन गर्दै थप नयाँ कार्यको थालनी गरिने समेत बताए। नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको संचालन तथा नगरप्रमुख रामकृष्ण खांडको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरप्रमुख खांडले शिक्षामा दिवाखाजामा सरकारले दिएको रकममा थप १० रुपैया थप गर्ने पहिलो निर्णय गरेका छन्।

No description available.

नगरपरिसरमा ५ बिरुवाको बृक्षारोपण गर्दै शुरु गरिएको सो सपथ कार्यक्रमममा निबर्तमान नगरप्रमुख बासुदेव घिमिरे, निर्बाचन अधिकृत माधव लोहनी,नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे , नेकपा माओंबादी केन्द्रका बेलप्रसाद शर्मा, शान्ति नमुना माविका कुल प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij