यौन हिंसाविरुद्ध उजुरी दिन हदम्याद बढाउने कानुन संसदमा दर्ता

यौन हिंसाविरुद्ध उजुरी दिन हदम्याद बढाउने कानुन संसदमा दर्ता

काठमाडौं – यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउने कानुन बनाउनका लागि आज (आइतबार) संघीय संसद सचिवालयमा विधेयक दर्ता भएको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनबाट पीडितले न्याय पाउन नसकेपछि फरक किसिमले कानुन बनाउने तयारी सरकारले थालेको हो ।

यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले सचिवालयमा दर्ता गरेका छन् ।

यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्न नहुने आवाज उठेको छ । सरकारले भने विद्यमान कानुनलाई संशोधन गरेर हदम्यादको समय बढाउने तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij